पत्रकार उज्वलजंग शाह सम्मानित

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

काठमाडौं । उपभोक्ता हितमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पत्रकार उज्वलजंग शाह सम्मानित भएका छन्।

विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय शाहले आर्थिक पत्रकारितालाई मूल विधा बनाएर समाचार लेख्दै आइरहेका छन् । २०५९ सालमा संवाददाताका रुपमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका शाहलाई राष्ट्रिय उपभोक्ता मञ्चले सम्मान गरेको हो।

संस्थाका अध्यक्ष प्रेमलाल महर्जनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपभोक्ता हकहित र उनीहरुको अधिकार सुनिश्चितका लागि योगदान पु¥याएबाफत शाहलाई सम्मान गरिएको जानकारी दिए । उनले उपभोक्तालाई मध्यनजर गरेर विभिन्न विषयमा कलम चलाएका छन्। ती विषय नीति निर्मातालाई झकझक्याउने गर्छ । जसका कारण उपभोक्ताले सहुलियत पाउने गरेका छन्। उनको यही स्वभावको कदर गर्दै मञ्चले सम्मान गरेको हो।

विगत दश वर्षदेखि कर्पोरेट म्यागजिनको प्रकाशक र सम्पादकका रुपमा उनले काम गरिरहेका छन् । संघीय संसदको प्रतिनिधीसभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका अध्यक्ष विमल प्रसाद श्रीवास्तवले उनीलगायत उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने अरु व्यक्तित्वहरुलाई सम्मान गरेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट