सातै प्रदेशमा फैलियो डेंगु, अहिलेसम्म ६ को मृत्यु

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । सातै प्रदेशका ६२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ।

काठमाडौंमा मात्रै १ हजार १ सय ७० जना संक्रमित भेटिएका छन् । डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ भने ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सबैभन्दा बढी प्रदेश ३ प्रभावित छ। गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमण बढ्दो छ।

एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट