दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ५ बाट

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । केही दिनअघि यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट दशैँका लागि घर जान अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भने पनि व्यवसायीले सीमित कारण देखाउँदै सो विषयमा पुनः छलफलको माग राखेका थिए।

सोहीअनुसार बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि टिकट बुकिङ खोल्ने सहमति गरेको हो । छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ ।

छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने कुरा राखेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

यसका साथै महासंघले टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई पहिचान खुल्ने गरी पोशाक लगाउन समेत निर्देशन दिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट