डेंगु आतंक: अमेरिकाले जारी गर्यो ‘ट्राभल नोटिस’

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै आफ्ना नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको हो । नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु जस्तै मलेरिया, डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हाल नेपाल लगायत एशियाली मुलुकहरुमा यसको खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्नु र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न आफ्ना नागरिकहरुलाई सचेत गराएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट