नेकपाद्वारा दल दर्ताका लागि आयोगमा निवेदन पेश

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएको छ ।

परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि बिहीबार बिहान आयोगमा निवेदन दर्ता गराएका हुन् । नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो ।

निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो । दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारवाही गरेर दल दर्ता गर्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट