पानी पर्नेक्रम अझै बढ्ने, सर्तक रहन आग्रह

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । पानी पार्ने प्रणाली न्यून चापीय रेखा मध्य भारतबाट नेपालतर्फ सर्दै आएकाले नेपालमा पानी पर्ने क्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला देशभरी आंशिक देखि सामान्य बदली हुनुका साथै केही स्थानमा सामान्य वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले देशका केही भागमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने, पहाडि भू-भागमा पहिरो जानसक्ने तथा सडक यातायातमा अवरोध हुनसक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।

बिहीबार दिउँसोपख काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए। उनका अनुसार यो क्रम शुक्रबार र शनिबार अझ बढ्ने संभावना रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट