भक्तपुरका ९९ जनामा डेङ्गु

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

भक्तपुर । एक साताको अवधिमा भक्तपुरमा ९९ जनामा डेङ्गु देखिएको पुष्टि भएको छ । बुधबार बिहानसम्ममा जिल्लाका ९९ जनालाई डेङ्गु भएको भेटिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए।

उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए।

देशभर नै फैलिएको डेङ्गी रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट