महिला हिंसा अन्त्यका लागि फाँसीको सजाय व्यवस्था गर्न माग

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

काठमाडौं । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसदहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद् मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिँडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भए पनि अपराधीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गरेकी छन् ।

सांसद् धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले नवलपरासीमा कार्यालय हिँडेकी युवती माथि १० जनाको समूहले सामूहिक बलात्कार, रसुवाका ११ र ६ वर्षीया बालिकाको बलात्कार भएको भन्दै दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जाँदा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरिन् ।

सांसद् प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धीत मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट