मेडिकल कलेजमा आन्दोलन गरिरहेका विप्लवका छोरासहित १५ पक्राउ

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

चितवन । प्रहरीले चितवन मेडिकल कलेज भरतपुरमा आन्दोलन गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनस्वाथ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहितका विद्यार्थीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले मेडिकल कलेजमा आन्दोलन गरेर सेवा प्रभावित गर्न खोज्ने विद्यार्थी र सर्वसाधरण गरी १० पुरुष र ५ महिलाई पक्राउ गरेको हो । सोही मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका प्रकाश प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् ।

कलेजले निर्धारण गरेको भन्दा धेरै शुल्क लिएको, अध्ययनरत विद्यार्थी तथा बिरामीको समस्या नबुझेको भन्दै केही दिनदेखि चन्दको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट