एनसेल कर प्रकरण: न्यायालयको आदेश छानबिन हुनुपर्ने सांसदहरुको माग

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

काठमाडौं । एनसेल कर प्रकरणबारे न्यायालयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानबिन हुनुपर्ने सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद् यज्ञराज सुनुवार र मोहन बानियाले न्यायालयले गरेको आदेशको छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

सांसद् यज्ञराज सुनुवारले विगतमा राज्यको गलत नीतिका कारण देश गरिब र व्यक्ति धनी बनेको भन्दै न्यायालयको पछिल्लो आदेश पनि व्यक्ति पोस्ने गरी आएकाले छानबिन हुनुपर्ने माग गरे ।

यस्तै अर्का सांसद् मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट