आयो पाइपलाइनबाट तेल, ओली र मोदीले स्वीच थिचेर गरे उद्घाटन

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

अमलेखगञ्ज । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट स्विच थिचेर संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गरेका हुन् ।

मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले स्वीच थिचेर रिसिभ गरेका हुन् । यसरी रिसिभ भएको डिजल अमलेखगञ्जमा नेपाल निगमका कार्यकारी निर्देशकले भाँडो थापेर उद्घाटन गरे।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट