झापाको दुई ठाउँमा बम विष्फोट

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

सुरुङ्गा । अज्ञात समूहले गौरादह नगरपालिकामा बम विष्फोट गराएको छ । आइतबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडीमा क्षति भएको छ ।

कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको प्रहरीले जनाएको छ ।

यता, बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले अनुमान गरे पनि घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट