वर्ल्डलिंकको दशैँ र तिहार अफर

प्रकाशित मिति: २२ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशनस लिमिटेडले नेपालीहरुको महान चाड बडादशैँ र तिहारको उपलक्ष्यमा नयाँ र आकर्षक अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष नि:शुल्क नेट टीभी सेवामात्र रु.२५,९९० मा पाउन सक्ने छन् । यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

यसको अतिरिक्त वर्ल्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टि.भीलाई युट्युबफिचर मार्फत स्मार्ट टि.भी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ।

यसका साथै सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्तीएपमा उपयोग हुने गरी रु.२५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन् । थप जानकारीको लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न वर्ल्डलिंकले आग्रह गरेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट