सरकारविरुद्ध भ्रम छर्ने तत्व सल्बलाए: अर्थमन्त्री खतिवडा

प्रकाशित मिति: २२ भाद्र २०७६, आईतवार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूसँग चामल भए पनि बेच्न नसकेको र भ्रम छर्नेहरु भने पिठो बेचेर हिँडिरहेको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १०औँ वार्षिकोत्सवसभाको आइतबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफूले अर्थतन्त्रमा उल्लेख्य सुधारको आत्मसात गराए पनि सरकारविरुद्ध भ्रम छर्ने तत्व सल्बलाएको दाबी गरेका हुन् । उनले गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको दाबी गर्दै सबै क्षेत्र स्वस्थकर गतिमा अघि बढिरहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने सुझाव समेत दिए । सरकारले उत्पादनमा जोड दिएर पुँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायलाई पनि निर्देशन दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट