पाँच दिन बन्द हुने भयो मनकामना केबलकार

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार

चितवन । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केबलकार मर्मत–सम्भारका लागि आइतबारदेखि पाँच दिनसम्मका लागि बन्द हुने भएको छ ।

२० वर्षअघि अस्ट्रियाको डोप्पलमेर कम्पनीले निर्माण गरेको मनकामना केबलकार मर्मत–सम्भारका लागि भदौ २२ देखि २६ गतेसम्म बन्द हुन लागेको हो ।

निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्दै आएको उक्त कम्पनीले त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार गर्न लागेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट