शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति: १ भाद्र २०७६, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । गत साउन ५ गते फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन्। बहुविवाहको अभियोगपछि शिल्पा र छविलाई पक्रन जिल्ला अदालतले आदेश दिएको थियो । शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् ।

त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई आदेश समेत दिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट