गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी भदौ ६ गते

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

काठमाडौं । यस वर्ष गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी भदौ ६ गते एकै दिन मनाईने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्ल अष्टमीका दिन गौरा पर्व मनाइन्छ । यसवर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

समितिमा स्वीकृतिका लागि पेश नै नभएको मानसखण्ड पञ्चाङ्गले भाद्र शुक्लअष्टमीकै दिन अर्थात् भदौ २० गते गौरापर्व भनी उल्लेख गर्दा पर्वका विषयमा भ्रम उत्पन्न भएको थियो । भदौ २० गते गौरा पर्व लेखिएको पात्रो नेपालको सुदूरपश्चिम क्षेत्रमा बढी पुगेकाले कहिले मनाउने भन्ने भ्रम उत्पन्न भएको थियो ।

सुदूरपश्चिम क्षेत्रका विद्वानको भेलाले समितिको निर्णयअनुसार भदौ ६ गते गौरापर्व मनाउने निर्णय गरेको बैतडीबाट प्रकाशन हुने अठोला पात्रोका पञ्चाङ्गकार डिल्लीराज जोशीले बताए । समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा भाद्र कृष्णअष्टमी अर्थात् भदौ ६ गते नै गौरा पर्व मनाउनुपर्ने उल्लेख गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट