तोलामा ७ सयले घट्यो सुन

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार

काठमाडौं । निरन्तर ओकालो लागेको सुन बुधबार भने घटेको छ। बुधबार नेपाली बजारमा सुन ७ सय रुपैयाँले घटेर ७० हजार ३ सय पुगेको छ।

विश्व बजारमा लगातार बढीरहेका कारण नेपालमा सुनको मूल्य बढेको हो। मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि सुनको मूल्य केही कम भएको हो । यस्तै, बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट