तीन दिन मेघगर्जन र चट्याङसहित वर्षा हुने : मौसमविद्

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

काठमाडौं । आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने पश्चिम पहाडी भू-भाग तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बुधबारदेखि भारी वर्षाको सम्भावना अझ बढ्ने छ ।

उनका अनुसार सोमबार दिउँसो देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिम तथा मध्यका केही स्थानमा र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने राति देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्व तथा मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार पनि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने बुधबार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट