आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुईंचो(भिडियोसहित)

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार

काठमाडौं । भगवान शिवको प्रिय महिना मानिने साउनको आज अन्तिम सोेमबार । काठमाडौंको पशुपतिलगायत देशभरका शिवालयहरुमा साउने सोमबारको व्रत समापन गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागकेो छ ।

काठमाडौंको पशुपति, सानो पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । यस्तै चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।

विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दै व्रत बस्ने गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोते लगाउने गर्दछन् ।

शिवको प्रिय महिना र बार भएकाले साउने सोमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मावलम्बीले शिवको पूजा तथा व्रत बस्ने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट