सुन न यो दिलको कुरा (भिडियोसहित)

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार

गोलबजार । नव युगल जोडी शान्ति सदा र गुरुशरण सदाको ‘स स सुन न दिलको कुरा’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

सिरहा गोलबजारका गुरुशरण सदाद्धारा रचित यस गीतलाई विशाल निरौलाले संगीतबद्ध गरेका छन् भने म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरी गरेका हुन् । प्रेमभावमा सृजित यस गीतको म्युजिक भिडियोमा मिस सिरहाका सेकेन्ड रनरअप प्रिती चौधरी र सुजित मगरले अभिनय गरेका छन् ।

डानसिंग बिटमा रहेको गीतलाई धरान बजार, बुढासुब्बा मन्दिर र विराटनगरका विभिन्न स्थानमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई सन्तोष गुरुङले कोरियोग्राफी गरेका छन् । उक्त भिडियो छिन्नमस्ता फिल्मस युट्युब च्यानल मार्फत मंगलबार सार्वजानिक गरिएको हो ।

युवायुवातीको मन छुने म्युजिक भिडियो बनाएको दाबी गरेका भिडियोका निर्देशक राजुदेव चौधरीले गीतमा धरानको स्थानीय परिवेश र विषयवस्तु अनुसार छायांकन गरिएको बताए । सवरी संकल्प समाज गोलबजार सिरहको ब्यवस्थापन रहेको यस गीतको म्युजिक भिडियो निर्माणमा रन्जित कुशवाहा, रमेश यादब, आदित्य ठकुरी र शिवशरण सदाले विशेष सहयोग गरेका थिए ।

मैथिलीभाषी एवम तराई मधेशका नव युगल गायन जोडी शान्ति सदा र गुरुशरण सदाको यो चौथो नेपाली म्युजिक भिडियो रहेको गायिका शान्ति सदाले बताए । यसअघि यो जोडीले घुमाउला गोलबजार शहर, हिमाल पहाड घर मेरो तराई हो आँगन र तिमी मलाई बाहिर खोज्छौ गीतको म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट