आईएफए फुटसलमा भाग लिन नेपाली टोली चीन जाने

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

काठमाडौं । चीनको जिंगमेन शहरमा अगष्ट १७ देखि २६ सम्म हुन लागेको आईएफए अन्तर्राष्ट्रिय फुटसलमा भाग लिन पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली त्यसतर्फ जाने भएको छ ।

अन्तर्राष्ट्रिय फुटसल एलाईन्सको आयोजनामा हुन गईरहेको आईएफए फुटसल वर्ल्डकपमा अन्तर्राष्ट्रिय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन बुढाथोकीसहित खेलाडीहरु साजन महर्जन, मीलन नकर्मी, रीतेश पौड्याल, गोविन्द श्रेष्ठ महर्जन, विकास रावत, पुरुषेत्तम थापा, राजन महर्जन, दीपेश नकर्मी, बीक्की सिलाकार, सुवास घलान, सुजल गुरुङ, दिनेश कुमार सिंह, विवेक केसी, सञ्जय हाङराई र कोच बीरकृष्ण महर्जनसहित १६ जनाको टोली अगष्ट १५ तारिखमा चीन जान लागेका हुन् ।

खेलमा नेपाली टोलीले मर्यादीत भई उच्च मनोवलका साथ खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै बुढाथोकीले नेपाली फुटसल टोलीले पदक प्राप्त गरी देशलाई विश्व सामु चिनाउने लक्ष्य लिएको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट