एसियन साम्बोमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति: १२ श्रावण २०७६, आईतवार

काठमाडौं । भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा आयोजना हुन गईरहेको एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी र ११ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन ।

एसियन साम्बो च्याम्पियनसिपमा नेपालको तर्फबाट भगवती माझी, सब्बा रानी महर्जन, मिरा पौडेल, रचना लामा, कृण्णलाल तामाङ, दिनेश महर्जन, सुसन लामा, प्रविन गुरुङ, सुदिप आचार्य, रविन तामाङ, प्रदीप प्रसाद पाण्डे, श्रीजेस श्रेष्ठ, आशिष तामाङ, बिकल छत्याल र सुदीप थापाले प्रतिस्पर्धा गर्दैछन ।

यस्तै भदौ २४ र २५ मा हुने रेफ्री सेमिनारमा सब्बा रानी महर्जन, गोपाल पुन, कृण्णलाल तामाङ, दिनेश महर्जन र सुसन लामा गरि कुल ५ जनाले रेफ्री सेमिनारमा समेत सहभागीता जनाउने नेपाल साम्बो महासंघका उपाध्य क्ष रमेश पौडेलले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट