लिटिल एशिया प्यासिफिक प्रिन्सेस विजेता ‘कृष्टिना खडका’ सम्मानित

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

काठमाडौं । विभिन्न ट्यालेन्ट सो तथा ब्युटी कन्टेष्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड विजेता कृष्टिना खड्कालाई बधाई तथा सम्मान गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा काठमाडौंको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रम बीच उनलाई बधाई तथा सम्मान गरिएको हो । अभिभावकविहिन भएका, शारिरिक तथा मानसिक रुपमा असक्षम र पिछडिएका क्षेत्रका किशोरीहरुलाई लामो समयदेखि संरक्षण दिँदै आएको संस्था लाईट हाउस फाउण्डेसन नेपालको आयोजना तथा हिमालयन नेपाली ईभेन्ट म्यानेजमेन्टको ईभेन्ट व्यवस्थापनमा कृष्टिना खड्का, राष्ट्रको गौरव भन्ने मुल नाराका साथ उनलाई सम्मान गरिएको हो ।

सिङ्गापुरमा अध्ययनरत कृष्टिना खड्काले गत जुन ३० मा सिंगापुरमा सम्पन्न लिटिल एशिया प्यासिफिक प्रिन्सेस २०१९ को उपाधि जितेकी थिईन । ११ वर्षको कलिलो उमेरमा नै थुप्रै अवार्ड जित्न सफल कृष्टिनाको भविष्यमा पैसा कमाएपछि समाज सेवा गर्ने योजना छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री यादवले कृष्टिनाले भविष्यमा पनि नेपाल र नेपालीको नाम सदैव विश्व माझ फैलाउनेमा विश्वास व्यक्त गर्दै अझ उन्नती र प्रगतिको कामनासहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अतिथीको आसनबाट बोल्दै केन्द्रिय बालकल्याण समितीका पूर्व अध्यक्ष डिल्ली गिरीले पेजेण्ट शोले बालबालिकाको ब्यक्तित्व विकासमा टेवा मिल्ने धारणा राखे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बालबालिकाहरुको प्रतिभालाई अभिभावकले बुझेर उनीहरुलाई सोही अनुरुप भविष्यको लागि तयार गर्नुपर्ने धारणा राखेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट