कलात्मक शैलीमा बनाइएको अमरगढी किल्ला (तस्बिरसहित)

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

नेपालमा रहेका प्रसिद्ध गढीहरुमध्ये एक हो सुुदूरपश्चिमको डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्ला ।

डडेल्धुरा जिल्लामा पर्ने अमरगढी नगरपालिकाभित्र रहेको ऐतिहासिक किल्ला अमरगढी राष्ट्रिय विभुती बडाकाजी अमरसिंह थापाले निर्माण गरेका हुन्।

“म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ”भन्ने प्रसिद्ध उक्ति सहित अमरसिंह थापाको अर्धकदमा सालिक समेत निर्माण गरिएको किल्लामा पर्यटकहरु पनि टाढा टाढाबाट आउने गर्दछन् ।

समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५ सय फिट रहेको छ।

यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ।

वि.सं. १८४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँगडा र कुमाउँको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ।

(तस्बिर : अशोककुमार बस्नेत)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट