हाँसो हतारमा थियो…(भिडियोसहित)

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

हाँसो हतारमा थियो पर्खदै पर्खिएन,
आँशु फुर्सदमा थियो फर्कदै फर्किएन…

काठमाडौं । नेपााली सांगीतिक क्षत्रमा थप एक ईटा थप्ने काम गरेको छ गीत ‘हाँसो हतारमा थियो’ले । गायक आर्दश चालिसेले आफ्नो पहिलो प्रस्तुतिमा नै आफ्नो बेजोड स्वरबाट श्रोताहरुमा छाप छोड्न सफल देखिन्छ ।

गायनशैली र स्वरको स्तर हेर्दा लाग्दैन उनी नम्बर एक गायक हुन् । रचनाकार दिपक चालिसेको शब्दहरु दमदार छन् । उनका कलम सटिक र सही ठाउँमा चलेका छन्, जुन कुरा गीत सुन्दा प्रष्ट हुन्छ । नेपाल घर उर्लाबारी मोरङ भएर हाल अमेरिकाका टेक्सासमा बस्दै आएका नरेन्द्र सेन्दाङको नयाँ प्रस्तुति भए पनि गीतको भूमिकामा उनी सफल देखिन्छन् ।

गीतको शब्दहरुमा अप्सराको भूमिका पनि जमेको देखिन्छ । दुवै जनाको अभिनय हेर्दा कलाकारीता क्षेत्रमा लागी पर्ने हो भने आगामी दिनमा उनीहरुले अझ प्रगति गर्न सकिने अनुमान गर्न सकिन्छ ।

संगीतकार शशी गुरुङ बाङदेलले गीतलाई पुनः एकचोटी न्याय दिन सफल भएका छन् । शशी गुरुङ उनै संगीतकार हुन् जसले बजारमा सिंगौरी सिक्वेलले सांगीतिक बजार तताउन सफल भए । उक्त गीतहरुलाई युट्युब च्यानलमा करोडौं दर्शकहरुले हेरेर मन पराइ सकेका छन् ।

यस गीतमा नयाँ कलाकारहरु भए पनि गीतको सबै पक्ष सही छ । संक्षेपमा भन्नुपर्दा गीत सही बनेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट