विद्युतीय बस किन्न सरकारले दियो साझालाई तीन अर्ब

प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

काठमाडौं । विद्युतीय बस खरिद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले गरेको निर्णयअनुसार सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ ।

बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । गएको महिना मात्रै प्रदेश ३ ले ३० करोड रुपैयाँ, काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे २ करोड रुपैयाँ र साझा आफैँले साढे २ करोड रुपैयाँ गरेर ४५ करोडमा बस खरिद गर्ने सम्झौता भएको थियो ।

संस्थाले प्रदेश ३, काठमाण्डौ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरिद गर्दैछ । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट