अब केही दिन वर्षा कम हुने

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार

काठमाडौं, १ साउन । वर्षा गराउने मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ हुँदै भारततिर प्रवेश गरेकाले अब केही दिन वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिन अर्थात बुधबारदेखि शुक्रबारसम्म ठूलो बाढी विपद्को सम्भावना नरहे पनि पहाडी क्षेत्रका ससाना खोलानाला आसपास वर्षा भइराख्दा सतर्क रहन आग्रह गरेको छ।

न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा बहने केही नदीहरुमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेका कारण सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाको पूर्वानुमानअनुसार आगामी सोमबारदेखि मनसुन पुनः सक्रिय हुने सम्भावना रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट