विश्वभर ८२ करोड मानिस भोकमरीबाट प्रभावित

प्रकाशित मिति: ३१ असार २०७६, मंगलवार

काठमाडौं । पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको तथ्यांकले देखाएको छ ।

विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको संयुक्त राष्ट्र संघको खाद्य एवम् कृषि संगठन युएनएफएओले तथ्यांक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार सन् २०१८ मा ८२ करोड मानिस भोकै बस्नुपरेको थियो ।

एसियामा भोकै बस्ने मानिसको संख्या सबैभन्दा बढी, ५१ करोड ३९ लाख रहेको छ भने अफ्रिकामा भोकै बस्नेको संख्या २५ करोड ६१ लाख रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सार्वजनिक गरेको नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वर्ल्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्या बढेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट