भेडेटारमा उद्यमशिलता क्याम्प हुँदै

प्रकाशित मिति: ३१ असार २०७६, मंगलवार

भेडेटार । प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता, जवाफदेहिता, सार्वजानिक मुद्दाका काम गर्दै आएको ‘ई.पी.आई सेन्टर अफ आइडिया’ले साउन २६,२७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता क्याम्प गर्ने भएको छ ।

२५ जनाका लागि लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पलाई आवर गोल इन्स्टिच्युटले व्यवस्थापन गर्नेछ भने क्याम्पको ३ दिनमा प्रशिक्षार्थीलाई नेपाल किन गरीब छ ?, उद्यमशिलता विकास, स्टार्ट अफ च्यालेन्ज, सरकारी तथा बैंकिंग प्रोसेस, उद्यमका अनुभव तथा अन्य कुरामा प्रशिक्षण प्रदान गरिने क्याम्पका संयोजक बालचन्द्र नेपालले जनाकारी दिए ।

नेपालका युवा वर्गमा देखिएका वैदेशिक रोजगारले नेपाललाई आर्थिक रुपमा क्षति पुगी रहेको र क्याम्पमा नेपालमै केहि गर्ने वातावरण साथै राम्रो आइडिया भएकालाई लगानीकर्तासम्म पुर्याउने उद्देश्यका साथ क्याम्पको तयारी गरिएको ‘ई.पी.आई सेन्टर अफ आइडिया’का आउटरिच अफिसर अभिष कटुवाल बताउँछन ।

३ दिने क्याम्पमा सहभागी हुन अनलाइन फारम एभरेष्ट पोलेसी इन्स्टिच्युटको (‘ई.पी.आई सेन्टर अफ आइडिया) फेसबुक पेज तथा वेब पेजमा गएर भर्न सकिने आयोजकले बताए । यो क्याम्प दोस्रो पल्ट आयोजना गरिएको र पहिलो क्याम्प इटहरीमा भएको ‘ई.पी.आई सेन्टर अफ आइडिया’ अप्रेसन डिरेक्टर गायत्री कार्कीले बताइन् ।

कार्कीका अनुसार पहिलो क्याम्पमा २७ जना सहभागी भएका थिए भने प्रशिक्षकका रुपमा विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारी, समृद्ध फाउन्डेसनबाट रोशन श्रेष्ठ, सुरथ ग्रिरी, वर्ल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयबाट सुजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै दोस्रो क्याम्पमा ग्लोबल अन्टरपेनरसिप नेटवर्कका नेपाल प्रमुख दिपेन्द्र चौलगाई, उद्यमी सुरज बैद्य, विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारी वर्ल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयका सुजन पौडेललाई प्रस्ताव गरिएको बताइन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट