मंगलबार राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, यी राशीलाई हुनेछ शुभ

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

काठमाडौं । असार ३१ गते अर्थात मंगलबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार मंगलबार राति १ बजेर ४६ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधबार बिहान ४ बजेर ४४ मिनेटसम्म लाग्ने बताइएको छ ।

सूर्य, पृथ्वी र चन्द्रमा सीधा रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र खण्डग्रास ग्रहण लाग्ने गर्दछ । खण्डग्रास पूर्णिमाको रातिमा मात्रै लाग्छ। महर्षि वेदव्यासको जन्म भएको गुरुपूर्णिमाको रात चन्द्रग्रहण लागेकाले यसको विशेष महत्त्व छ । ग्रहणपछि नै श्रावण महिना शुरू हुन्छ अर्थात् श्रावण कृष्ण प्रतिपदा लाग्छ । श्रावण मासको पहिलो स्नान ग्रहण मोक्षमा हुनु अत्यन्तै शुभ हो ।

ग्रहण परेकाले दिउँसो ४ बजेअगावै गुरुपूर्णिमाको पूजा सम्पन्न गर्नुपर्छ । चन्द्रग्रहण लाग्नुभन्दा नौ घन्टाअघि सुतक लाग्ने हुनाले दिउँसो ४ बजेअगावै खाना खाइसकेको ठीक हुन्छ । ग्रहणका बेलामा मलमूत्र त्याग गर्न र यौनकर्म पनि बर्जित छ ।

यसपालिको चन्द्रग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशि भएका व्यक्तिहरूका लागि शुभ मानिएको छ । त्यसैले चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन्।

चन्द्रग्रहणका बेलामा पूजाआजा गर्नुहुँदैन, मनमनै भगवानको स्मरण गर्न सकिन्छ । चन्द्रग्रहणको बेलामा गर्भवती महिलाहरू घरबाहिर निस्कनुहुँदैन । सियो वा तीखो चीज चलाउनुहुँदैन भन्ने जनविश्वास रहीआएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट