बाढी, पहिरो अपडेट: ६७ जनाको मृत्यु, ३२ जना बेपत्ता

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मर्नेहरुको संख्या ६७ पुगेको छ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको हो ।

जसअनुसार काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ जना महिला रहेका छन् ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३/३ जना, महोत्तरी र मकवानपुरमा २/२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १/१ जना गरी ३२ जना बेपत्ता भएका छन् । यसका साथै बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १/१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यस्तै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचारको भइरहेको छ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ। साथै महोत्तरी बर्दिवास नगरपालिका १ र ४ जोड्ने पूर्वपश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाइभर्सन गरेको बाटो पानीको वहाव बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ। ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ।

बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट