देशभर लगातार वर्षाको सम्भावना, सर्तक रहन आग्रह

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार

काठमाडौं । मनसुनी समयमा वर्षा गराउने प्रणाली केही दिनदेखि सक्रिय हुँदा देशका धेरैजसो भू-भागमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताए । हाल देशभरको मौसम पूर्ण बदली रहेको मौसमविद रिमालले बताए ।

मध्य र पूर्वका केही स्थान र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको र दिनभर यस्तै रहने जनाइएको छ । बिहीबार दिनभर अधिकांश क्षेत्रमा पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

बिहीबार चुरेबाट बहने खोलामा बाढी आउने भएकाले नदी तटीय क्षेत्र तथा होचो ठाउँमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट