यस्ता छन् अण्डा खानुका चमत्कारीक फाइदा

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

काठमाडौं । भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्वले भरीपूर्ण अण्डा स्वास्थ्यवर्धक खानेकुरा मानिन्छ । अण्डाको पहेलों भागमा पाइने लुटिन र जियासान्थिन नामक एन्टीअक्सिडेन्ट आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ ।

अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् । स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ । अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई राम्ररी सन्चालन गर्न मद्धत गर्छ। विभिन्न खाले पोषक तत्वले भरीपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले हाम्रे शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग गर्छ ।

अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ । विज्ञहरुका अनुसार एक व्यक्तिले दिनमा एक या दुई वटासम्म अण्डा खानु उपयुक्त हुन्छ । अण्डामा पाइने सेलेनियमले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ भने थाइराइड हर्मोनलाई नियमित पर्छ ।

अण्डालाई ‘ब्रेन फुड’ पनि भनिन्छ । यसमा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कोलिन सेल मेम्ब्रेनको आवश्यक तत्व हो । शरीरमा कोलिन तत्वको कमीले मानसिक समस्या उत्पन्न हुने अध्ययनहरुले देखाएका छन् । उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ ।

अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । अण्डा भिटामिन डीको प्राकृतिक स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ । यसले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गर्छ । क्याल्सियम स्वस्थ मुटु, कोलोन र मेटाबोलिजमका लागि महत्वपूर्ण मानिन्छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट