भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा दुईको मृत्यु

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

भोजपुर, २५ असार । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा नेत्र विक्रम चन्द विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

स्थानीय पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बास बसेको सूचना पाएपछि सर्च अभियानमा गएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले आक्रमण गरेका हुन् ।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राई रहेका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । प्रहरीले एक जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको र अर्का एक जना घाइते भएको जानकारी दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट