समयमा रोपाइँ नहुँदा यस वर्ष धान उत्पादन घट्ने

प्रकाशित मिति: २४ असार २०७६, मंगलवार

काठमाडौं, २४ असार । गत वर्षको तुलनामा यस वर्ष २९ प्रतिशतले धान रोपाइँ घटेको छ। गत वर्ष सातै प्रदेशमा असार २२ सम्ममा ५२ दशमलब ५७ प्रतिशत धान रोपाइँ भएको थियो भने यस वर्षको सोही अवधिमा २३ दशमलब ७६ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्षभन्दा यस वर्ष १० दिन ढिला वर्षा सुरू हुँदा रोपाइँ घटेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। चालू आर्थिक वर्ष २०७५/०७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष भने मनसुन सक्रिय नभए धानको उत्पादन घट्ने विज्ञहरू बताउँछन्।

कूल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। उच्च पहाडमा ३४ दशमलब ६४, मध्य पहाडमा ३१ दशमलब १५ र तराईमा २० दशमलब ६१ प्रतिशत धान रोपाइँ भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट