मापदण्ड पूरा नगरी घर बनाए बिजुली नदिने प्राधिकरणको निर्णय

प्रकाशित मिति: १७ असार २०७६, मंगलवार

काठमाडौं । अब बिजुलीको तार र घरबीच तोकिएको दूरी मिचेर घर बनाए बिजुली सेवा उपलब्ध नहुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले तोकिएको विद्युतीय लाइनको मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण गरेमा बिजुली सेवा उपलब्ध नगराउने भएको हो ।

प्राधिकरणले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर त्यस्ता संरचनाको नक्सा पास नगर्न जानकारी दिँदै यदि घर र लाइनको तारबीच तोकिएको दूरी नछाडी घरसहितका भौतिक संरचना तयार गरे त्यस्ता घरमा बिजुलीको मिटर उपलब्ध नगराउने जनाएको छ ।

विद्युत वितरण नियमावली २०५९ को विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निश्चित दूरी छाड्नुपर्ने व्यवस्था छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट