नयाँ भर्सनमा सिङ्गौरी-३ सार्वजनिक(भिडियोसहित)

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गीतकार तथा संगीतकार शशि गुरुङ बाङ्देलको सिङ्गौरी भाग १ र २ को अपार सफलतापछि सिङ्गौरी-३, ब्याटल भर्सन सार्वजनिक भएको छ ।

शशि गुरुङ बाङ्देलको शब्द तथा संगीत रहेको यस भागमा नविन राई र मेलिना राईको स्वर रहेको छ । एलिसा राई, योगेन्द्र राई, श्याम राई, विशाल सेनेहाङ, भावना थापा, श्याम राई, नवराजजंग थापा लगायत कलाकारहरुको अभिनय रहेको यस म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांङ्कन, निशान घिमिरेको सम्पादन तथा उमेश गुरुङको निर्देशन रहेको छ ।

अघिल्ला भागहरुमा पूर्वका संस्कृति झल्कने लय र शब्द रहेकोमा यस पटक पूर्व र पश्चिम दुवै क्षेत्रका भाका र संस्कृतिलाई एकसाथ जोड्ने प्रयत्न यस गीत मार्फत गरिएको गीतकार तथा संगीतकार बाङ्देलले बताए ।

नेपाल सांस्कृतिक विविधतायुक्त देश भएकोले नेपाली मौलिक गीत-संगीतलाई विश्वसामू चिनाउन र यसको उन्नयनका निम्ती आफू सदैव लागिरहने र आगामी दिनहरुमा पनि सिङ्गौरी श्रृङ्खलालाई निरन्तरता दिने उनले बताए ।

यस म्युजिक भिडियोलाई माउन्टेन म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत हेर्न तथा सुन्न सकिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट