सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार

काठमाडौं । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ ।

बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि सुन महंगो भएको महासंघले जनाएको छ ।

यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि बिहीबार नेपाली बजारमा सुनको भाउ ६४ हजार पुगेको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट