मिडिया विधेयकमा आवश्यक परिमार्जन गरिन्छ : प्रचण्ड

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

काठमाडौं, २९ जेठ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको विज्ञापनका विषयमा अहिले देखिएको विवादबारे प्रधानमन्त्री स्वदेश फर्केपछि निर्णय लिने बताएका छन् ।

प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसदीय समितिले एक खालको निर्देशन दिएको र सरकारले अर्कै खालको निर्णय गरेको अवस्थामा पर्याप्त छलफल गरेर सकारात्मक निर्णय लिइने बताएका हुन् ।

मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका प्रचण्डले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए ।

अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सह-इञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट