बाल श्रमविरुद्धको दिवस: ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

काठमाडौं, २९ जेठ । आज विश्व बालश्रम विरुद्धको दिवस । ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ नेपालमा पनि विश्व बालश्रम विरुद्धको दिवस मनाईंदैछ ।

अन्तरर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस वर्ष पहिलो पटक साढे ७ करोड रुपैयाँ बजेट बालश्रम न्यूनीकरणमा छुट्याएको छ । सशस्त्र द्वन्द्वका बेला आमाबाबु गुमाएका बालबालिका जोखिमयुक्त काम गर्न बाध्य भएका छन् ।

नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ । तर आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । तीमध्ये ६ लाखभन्दा बढी बालश्रमिक जोखिमयुक्त पेशा ब्यवसायमा आवद्ध रहेको पाइन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट