विप्लवका १८ नेता/कार्यकर्ता पक्राउ

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आईतवार

पोखरा, २६ जेठ । नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

विप्लव समूहका नेता/कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता/कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पुर्‍याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट