वर्ल्डलिंकद्वारा ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ सुरु

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

काठमाडौं, । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक अनुभव तथा व्यवसायिकताको ज्ञान दिन पहिलो पटक ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ ।

प्रतियोगितामा काठमाडौंबाट ८ वटा कलेज तथा काठमाडौं बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । प्रतियोगिता जून १ बाट सुरु भएर जून ३० सम्म संचालन हुनेछ ।

३० दिनसम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनीतिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनीतिहरु प्रतियोगिताको निर्णायक मण्डलसामुु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।

यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो स्थान प्राप्त हुने कलेजलाई रु. १,००,००० र तेस्रो स्थान प्राप्त हुने कलेजलाई रु. ७५,००० प्रदान गरिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट