सुन्दरको ‘समय आएपछि’…

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । भोजपुरका कवि तथा गजलकार सुन्दर गुरुङको नवीनतम गजलकृति ‘समय आएपछि’ विमोचन भएको छ ।

बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय लगायतले उक्त कृतिको विमोचन गरेका हुन् ।
सदस्य सचिव प्रा. उपाध्यायले नेपाली साहित्य क्षेत्रमा डायास्पोराबाट महत्वपूर्ण योगदान भइरहेको बताए । उनले यसै क्रममा आएका सुन्दरका गजलमा देशप्रेम, समाजप्रेम, समसामयिक घटना र जीवनका यावत् पक्षहरू समाविष्ट भएको बताए ।

प्राज्ञ देवी नेपालले गजलकार गुरुङको पहिलो गजल पुस्तक भए पनि स्तरीय रहेको बताए । उनले सुन्दरमा पर्याप्त गजलचेत भएको उल्लेख गरे । संस्कृतिविज्ञ डा. भक्त राईले गुरुङका गजल समाज, संस्कृति र जीवनका पक्षमा पाएको गरे ।

कार्यक्रममा गजलकार शितल कादम्बिनी, परिषद्का सचिव टीका चाम्लिङ र सदस्य गीता अधिकारीले कृतिबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए । जगलकार गुरङले विमोचित कृतिबाट तीन वटा गजल वाचन गरेका थिए ।  भोजपुर, टेम्केमैयुका गुरुङ बहराइनमा कार्यरत छन् । यसअघि उनको ‘आफूले खोजेको स्वर्ग’ कविताकृति प्रकाशित छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट