शपथ ग्रहणमा मोदीले बोलाए ओलीसहित ‘बिमस्टेक’का नेतालाई

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलवार

नयाँ दिल्ली । दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक मुलुकका अतिथिलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निम्तो गरेका छन् ।

पहिलो कार्यकालमा सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका मोदीले यसपटक बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदैछन् ।

मोदीको शपथ ग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिमस्टेक मुलुकका सरकार प्रमुखलाई निम्तो पठाइसकेको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

बिमस्टेक राष्ट्रको सदस्यमा सार्क राष्ट्रका तीन सदस्य मुलुक समावेश छैनन् । सार्क राष्ट्रका सदस्य पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य ५ मुलुक बिमस्टेकमा सदस्य छन् । बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट