‘टिन प्रिन्सेज डिभा’को उपाधी गृष्मा शर्मालाई

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘टिन प्रिन्सेज डिभा-२०१९’ को उपाधी गृष्मा शर्माले जितेकी छन् ।

शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधी आफ्नो नाम गरेकी हुन् । गृष्माले उपाधीसँगै मोस्ट इलिजेन्टको सब-टाइट, ट्रफी र नगद रु.२० हजार समेत प्राप्त गरिन् । गृष्मालाई आयोजक संस्थाका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा बैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगीताको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाह र तेश्रो स्थानमा अग्रिमा पोखरेल परेका थिए । प्रतियोगीताको ‘प्रि टिन’ समूहतर्फ भने बेलिस्मा कटवाल विजेता बने । उनले उपाधीको ताजसँगै ट्रफी र नगद पुरस्कार रु.२० हजार प्राप्त गरे । उनले उपाधीसँगै बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेसको सब टाइटल समेत जितेकी थिइन् ।

यस्तै ‘प्रि टिन’ समूहमा विभुति अधिकारी दोश्रो र रिद्धिमा नेपाल तेश्रो स्थानमा पर्न सफल भए । अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुको कोरीयोग्राफी र श्रीषा बैदार फैजुको ड्रेस डिजाइन रहेको प्रतियोगीताको निर्णायक मण्डलमा नवनारी मासिककि सह-सम्पादक नीलिमा मास्के श्रेष्ठ, संचारकर्मी साथै कोरोना स्कूलकि प्रिन्सिपल सरिता ज्ञवाली, डाफोडिल स्कूलकी प्रमुख मीना कार्की, पत्रकार विराजकाजी राजोपाध्याय र गायक सोहन मानन्धर रहेका थिए ।

२२ टिनहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रतियोगीहरुलाई मोस्ट कन्फिडेन्ट, मोस्ट अट्राक्टिभ, भ्यूअर्स च्वाइस अवार्ड, बेस्ट डान्सर, मोस्ट डिसिप्लिन, फोटोजेनिक, मोस्ट डाइनामिक लगायत विभिन्न सब टाइटलबाट पुरस्कृत गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट