अग्निप्रसादको ‘सिटिजन यूके’ सार्वजनिक

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ ।

ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमका बीच गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको हो ।

रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा.कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन् ।

अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दिपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ । एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ ।

किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ । तुलसी बस्नेतले सहजीकरण गरेको विमोचन कार्यक्रममा अतिथिहरुले एल्बममा रहेका गीत राम्रा रहेको बताउँदै गीतकार अग्निप्रसादलाई तथा एल्बममा जोडिएका सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

उक्त अवसरमा रमेश थापालगायत एल्बममा जोडिएका सबैलाई प्रमुख अतिथि डा। कृष्णहरि बरालले मायाँको चिनो प्रदान गरेका थिए । कार्यक्रममा गायक अग्निप्रसादको परिवार, सञ्चारकर्मी र अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट