बाँके स्कुल आइडल-२’ जेठ ११ गतेदेखि

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

बाँके । बाँके जिल्ला कै सबैभन्दा बढी धनराशी भएको ‘बाँके स्कुल आइडल सिजन-२’ जेठ ११ गतेदेखि सुरु हुने भएको छ ।

नेपालगञ्जको बी.पी. चोकस्थित सुनाखरी कजेटमा हुने उक्त प्रतियोगिता नेपाली कला, संस्कृतिको जगेर्ना गर्न आयोजना गरिएको आयोजकले जानकारी दिए ।

‘मिडिया ल्याब प्रोडक्सन प्रा.लि.’ ले आयोजना गरेको प्रतियोगितामा प्रथम पुरस्कार एक लाख एक हजार, दोस्रो पुरस्कार ७१ हजार र तेस्रो पुरस्कार ५१ हजारसहित ट्रफी रहेको कार्यक्रमका संयोजक छत्रेश्वर प्रसाद शर्माले बताए । प्रतियोगितामा टप टेन मा पर्न सफल स्कुलहरुको नि:शुल्क डकुमेन्ट्री पनि बनाइने आयोजकले जनाएका छन् ।

‘बाँके स्कुल आइडल सिजन-२’ को मिडिया पार्टनरमा ‘रिपोर्टर नेपाल डटकम’ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट