बैतडीमा एकै घरका तीन जनाको जलेर मृत्यु

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

बैतडी, ९ जेठ । चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा बैतडीमा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका-५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । बुधबार राती करिब पौने १० बजेतिर खाना खाएर टहरामा सुतेका लुहार परिवार गएको ७ वर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिए पनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ । पुर्चौडी नगरपालिका-५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका-७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट