किन झुण्ड्याइन्छ पसल अगाडि कागती र खुर्सानी ?

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार

काठमाडौं, ७ जेठ। शत्रुको आँखा नलागोस्, व्यापार व्यवसाय राम्रो होस् भन्ने उद्देश्यले कागती र खुर्सानी पसलको अगाडि झुण्ड्याएको हो भन्ने तपाइलाई लाग्छ भने त्यो तपाईको अन्धविश्वास मात्र हो । पसल अगाडि कागती र खुर्सानी झुण्ड्याउनुको वैज्ञानिक कारण पनि छ ।

कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ । कागतीले वातावरण स्वच्छ, सकारात्मक र उर्जायुक्त बनाउने हुँदा हामी वरिपरिको वातावरण नै स्वच्छ हुने गर्दछ । एक अनुुसन्धानले घरको बगैंचामा अन्य बिरुवा जस्तै कागतीको बोट रोप्नाले घर वरिपरिको वातावरण नै स्वच्छ हुने देखाएको छ ।

घरमा रुख रोप्ने ठाँउ नहुनेहरुले कागती र खुर्सानीको एक सेटले काम चलाउने गरेको पाईन्छ । वास्तु दोष हटाउनको लागि पनि यसको प्रयोग राम्रो मानिन्छ । कागती र खुर्सानी धागोले उनेर पसलमा राख्दा यसबाट निस्कने सुगन्धले पसलमा बस्ने पसलेको मुडलाई त फ्रेश बनाउँछ नै आउने ग्राहकलाई पनि यसले फाइदा नै पु¥याउँछ ।

कागतीमा रहेको अमिलोपनले हावालाई स्वच्छ बनाउन राम्रो भूमिका खेल्दछ । हाम्रो वरिपरिको वायुमण्डलको वायुलाई प्राकृतिक रुपमा कागती र खुर्सानीले स्वच्छ बनाउनुका साथै हानिकारक किटाणुहरुलाई पनि नाश गर्ने गर्दछ ।

तसर्थ एउटा कागतीमा सात वटा खुर्सानी उनेर झुण्ड्याउने गर्नु पर्दछ । यो देखावटीको वस्तु मात्र नभएर स्वास्थ्यको लागि पनि निकै लाभदायक छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट